Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

प्रधानमन्त्रीका सार्वजनिक कार्यक्रम स्थगित

प्रधानमन्त्रीका सार्वजनिक कार्यक्रम स्थगित

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेका छन् ।

    images
    images
    images

    मंगलबार बिहान तिब्बततर्फबाट रसुवामा आएको भीषण बाढीले क्षति पुर्‍याएपछि उनले पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगित गरेका हुन् । प्रधानमन्त्री ओली आज कृषि तथा पशुपंक्षी विकास विभाग र नेपाल उद्योग परिसंघको कार्यक्रममा सहभागी हुँदै थिए ।

    images

    प्रधानमन्त्री ओलीले आपतकालीन सहायता उपलब्ध गराउन समन्वय गरिररहेका कारण सार्वजनिक कार्यक्रम स्थगित गर्नुपरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ ।’

    उनले सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी हुन नदिन निर्देशन पनि दिएका छन् । ‘यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु । विपद् सम्भावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij