Logo

Jul 11 2025 | २०८२, असार २७ गते

Jul 11 2025 | २०८२, असार २७ गते

भक्तपुर क्यान्सर अस्पतालले भित्र्यायो अत्याधुनिक उपचार प्रविधिहरु

भक्तपुर क्यान्सर अस्पतालले भित्र्यायो अत्याधुनिक उपचार प्रविधिहरु

  • काठमाडौं । क्यान्सर उपचारका लागि देशकै आशाको केन्द्र बनेको भक्तपुर क्यान्सर अस्पतालले अत्याधुनिक उपचार प्रविधिहरु भित्र्याएको छ । बिहीबार गुरु पूर्णिमाको अवसर पारेर अत्याधुनिक प्रविधिहरुको शुभारम्भ गरिएको हो ।

    images
    images
    images

    नयाँ प्रविधि भित्रिएसँगै अब क्यान्सर पीडितहरूलाई राजधानी बाहिर जानुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।

    images

    आज एक विशेष समारोहकाबिच अस्पतालमा जडान गरिएका एन्डोस्कोपी, सिस्टोस्कोपी, न्युरो माइक्रोस्कोप र सी–आर्म जस्ता प्रविधिहरूको उद्घाटन वरिष्ठ चिकित्सक डा. बसन्त पन्त, डा. सुनिल शर्मा र डा. रोमियो कन्साकारले संयुक्त रूपमा गरेका हुन् ।

    कार्यक्रममा बोल्दै अस्पतालका डाइरेक्टर डा.उज्वल चालिसेले क्यान्सर उपचारका लागि यस्ता प्रविधिहरूको प्रयोग अब ‘गेम चेन्जर’ सावित हुने विश्वास व्यक्त गरे ।

    images

    उनले भनेका छन्, ‘अब ब्रेन क्यान्सरजस्ता जटिल समस्या पत्ता लगाउन र त्यसको उपचार गर्न यी उपकरणहरू अत्यन्तै उपयोगी हुनेछन् ।’

    अत्याधुनिक प्रविधिहरूको जडानसँगै अब भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरको सम्पूर्ण उपचार सेवा उपलब्ध हुनेछ । जसले गर्दा छिटोछरितो र सुलभ मूल्यमा सेवाग्राहीले उपचार सेवा दिन सकिने विश्वास लिएको अस्पताल प्रशासनले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij