
Jul 10 2025 | २०८२, असार २६ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्यपालिका बैठक बोलाएको छ । मेयर बालेन साहले भोलि शुक्रबार दिउँसो २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाउने सहमति भएको हो ।
कार्यपालिका बैठक बस्नका लागि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने छुट्टीमा बस्न लगाइएको छ । स्रोतका अनुसार गुरागाईं छुट्टीमा बस्न तयार भएका छन् ।
मेयर साह र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीच लामो समयदेखि विवाद चल्दै आएको छ । सोही कारण असार १० गतेभित्र आउनुपर्ने आगामी आर्थिक वर्षको बजेट हालसम्म आएको छैन ।
स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका बैठक बोलाउने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी स्थानीय सरकार प्रमुखलाई दिएको छ । महिनाको एक पटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था ऐनमा छ ।
तर, मेयर साहले काठमाडौं भ्यूटावरको नक्सा पास विवाद सुरू भएदेखि पुसयता बैठक बोलाएका थिएनन् । ६ महिनापछि भोलि बैठक बस्ने भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij