Logo

Jul 11 2025 | २०८२, असार २७ गते

Jul 11 2025 | २०८२, असार २७ गते

युरोप पठाइदिने भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

युरोप पठाइदिने भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने ललितपुर, ललितपुर महानगरपालिका–८ घर भएका ४३ वर्षीया सजु श्रेष्ठ र काठमाडौं महानगरपालिका–२६ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ घर भएका ३० वर्षीय नारायण लाम्ताङ्गे छन् ।

    images

    पक्राउ परेकामध्ये सजुले सर्बिया पठाइदिन्छु भन्दै तीन जनाबाट २० लाख रुपैयाँ र नारायणले ग्रीस पठाइदिन्छु भन्दै एक जनाबाट १६ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

    रकम लिएपछि सम्पर्कविहीन भएका उनीहरूलाई पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले मङ्गलबार काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij