Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

पक्राउ

आफ्नै छात्रालाई ‘जान’ भन्दै म्यासेज पठाउने शिक्षक पक्राउ

आफ्नै छात्रालाई ‘जान’ भन्दै म्यासेज पठाउने शिक्षक पक्राउ

आफ्नै छात्रालाई ‘जान’ भन्दै म्यासेज पठाउने शिक्षक प्रहरी हिरासतमा पुगेका छन्।

  • काठमाडौं । गरुडा- ९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहले छात्रालाई जिस्क्याएको भन्दै छात्राका आफन्तले विद्यालय तोडफोड गर्नुका साथै उनलाई समेत कुटपिट गरेका छन्।

    images
    images
    images

    छात्राको जन्म दिनमा ‘ह्याप्पी बर्थ डे मेरी जान’लेखेर पठाएको आरोप साह माथि रहेको प्रहरीले बताएको छ। सोही विषयलाई लिएर विद्यार्थी र अभिभावकले उनीमाथि कुटपिट गर्दै विद्यालयमा तोडफोड गरेका हुन्।

    images

    विद्यालय तोडफोड भएको जानकारी पछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोली पुगेको तर स्थिति नियन्त्रण भन्दा बाहिर जान थालेको देखेपछि एक राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो।  

    अहिले साहलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जानकारी दिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij