Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

मिडिया काउन्सिल विधेयक

मिडिया स्वतन्त्र र उत्तरदायी बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड

मिडिया स्वतन्त्र र उत्तरदायी बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड

  • काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गरिएको छ ।

    images
    images
    images

    बैठकमा सांसदहरूले विधेयकका विभिन्न पक्षबारे धारणा राख्दै कानुन निर्माणमा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका छन् ।
    पूर्वमन्त्री तथा नेकपा (एमाले) की सांसद विद्या भट्टराईले छलफलका क्रममा मिडिया काउन्सिल विधेयक कस्तो हुनुपर्छ भन्नेबारे सबैले आफ्ना धारणा राखिसकेको बताउँदै व्यवहारमा पनि त्यहीअनुसारको अभ्यास हुनुपर्ने धारणा राखिन् ।

    images

    उनले भनिन्,‘हामीले संस्थाहरु बनाउँछौं, दस्तावेजमा राम्रो लेख्छौं तर व्यवहारमा त्यही अनुसार अभ्यास हुँदैन । कानुन बनाउँदा खेरि जति संवेदनशील भएर बनाइन्छ, त्यसलाई व्यवहारमा पनि त्यत्तिकै संवेदनशील भएर लागू गर्न आवश्यक छ ।’

    सांसद भट्टराईले प्रेस स्वतन्त्रता र मिडियाको उत्तरदायित्व दुवै सुनिश्चित गर्ने गरी विधेयक निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन् । ‘यदि मिडियाको हक र नागरिकको हकलाई प्रत्याभूत गर्ने अधिकारलाई आधार बनाएर कानुन बनायौं भने मिडिया स्वतन्त्र पनि हुन्छ, उत्तरदायी पनि,’ उनले भनिन् ।

    समितिको बैठकमा अन्य सांसदहरूले पनि मिडिया काउन्सिलको संरचना, अधिकार, जिम्मेवारी तथा पारदर्शिता लगायतका विषयमा धारणा राखेका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij