Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

काठमाडौंबाट ठुलो परिमाणमा लागूऔषध बरामद, तीन जना पक्राउ

काठमाडौंबाट ठुलो परिमाणमा लागूऔषध बरामद, तीन जना पक्राउ

  • काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंका दुई स्थानमा छापा मारी ठुलो मात्रामा लागूऔषध बरामद गरेको छ । ब्युरोले लागूऔषधसँगै यसको कारोबारमा संलग्न रहेका तीन जनालाई समेत नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    बालाजु गंगाहलबाट ट्रामाडोल र गाँजा बरामदसहित राई पक्राउ

    images

    २०८२ साल साउन १ गते ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका-१६ बालाजु गंगाहलमा रहेको एक डेरा कोठामा लुकाई छिपाई राखिएको अवस्थामा ठुलो परिमाणमा लागुऔषध ट्रामाडोल र गाँजा बरामद गरेको हो । कोठामा खानतलासी गर्दा लागूऔषध भेटिएपछि मोरङको बेलबारी नगरपालिका-३ का स्थायी ठेगाना भई हाल गंगाहल नजिकै बसोबास गर्दै आएकी ३२ वर्षीय निकु राईलाई समेत नियन्त्रणमा लिइएको छ । निकुको कोठाबाट प्रहरीले ३५ हजार ५९० थान ट्रामाडोल क्याप्सुल र साँढे १२ किलो गाँजासमेत बरामद गरेको छ ।

    बल्खुबाट समेत ठुलो मात्रामा लागूऔषध बरामद

    यसै गरी प्रहरीले काठमाडौंको बल्खुबाट समेत ठुलो मात्रामा लागूऔषध बरामद गरेको पाइएको छ । गत असार १३ गते नै ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका-१४ बल्खुमा रहेको कुँगा तामाङ र पदम बहादुर महतेका कोठाबाट समेत ठुलो मात्रामा लागूऔषध बरामद गरेको थियो । लागूऔषध कारोबारमा संलग्न अर्का व्यक्तिका खोजीका लागि प्रहरीले पक्राउ परेका व्यक्तिहरूको परिचय गोप्य नै राखेको थियो । यद्यपि बिहीबार भने उनीहरूलाई समेत सार्वजनिक गरिएको छ ।

    images

    ब्युरोले तामाङ र महतेका कोठाबाट बुप्रेनोर्फिन १० हजार ३६७ एम्पुल, डाइजेपाम १० हजार ३६७ एम्पुल तथा फेनेरगन १० हजार ३६७ एम्पुल गरी कुल ३१ हजार १०१ एम्पुल विभिन्न ब्रान्डका लागूऔषधसमेत बरामद गरेको छ । बरामद भएका यी औषधिहरू मानसिक असर पार्ने नशालु प्रवृत्तिका हुन् र नियन्त्रित रूपमा मात्र प्रयोग गर्न पाइने औषधी हुन् । तर यसको दुरुपयोग गरी लागूऔषधका रूपमा प्रयोग गरिँदै आएको छ ।

    पक्राउ परेका तीनै जनालाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij