
Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौं । जीतपुर सिमरा उप-महानगरपालिका-२ जानकी टोलबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका हुन्।
सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय सुसन खाती सुनार समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ६ सय ८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij