
Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वतमान मन्त्री राजकुमार गुप्तामाथि अनुसन्धान अघि बढाउने भएको छ । लेनदेनको अडियो सार्वजनिक भएपछि गत हप्ता गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका थिए ।
कर्मचारी सरुवादेखि भूमी आयोगको अध्यक्ष नियुक्तिसम्ममा लाखौँको डिल भएको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् ।
उक्त अडियोको परीक्षण र मन्त्रीमाथि छानबिन गर्न अख्तियारले गुप्तालाई बोलाएको हो । अख्तियारको अनुसन्धान टोलीले गुप्तासँग सुरुमा भ्वाइस टेस्ट लिनेछ भने त्यसपछि बाँकी प्रक्रिया अघि बढाइनेछ ।
त्यस्तै लेनदेनमै मुछिएका अर्का भूमीमन्त्री बलराम अधिकारी भने अझै पदमै बहाल रहेका छन् । उनले केही दिनअघि पत्रकार सम्मेलन गरेर आफूमाथि फसाउने षडयन्त्र भएको दाबी गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij