Logo

Aug 09 2025 | २०८२, साउन २४ गते

Aug 09 2025 | २०८२, साउन २४ गते

भ्रष्टाचारको अखडा बन्दै बीपी प्रतिष्ठान, कालोसूचीमा राख्नुपर्नेलाई बिनाप्रतिस्पर्धा ठेक्का

भ्रष्टाचारको अखडा बन्दै बीपी प्रतिष्ठान, कालोसूचीमा राख्नुपर्नेलाई बिनाप्रतिस्पर्धा ठेक्का

  • धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न बिनाटेन्डर करोडौंको ठेक्का त्यस्तो व्यक्तिलाई दिएको छ, जो अख्तियारको मुद्दा खेपिरहेका छन्। सामान आपूर्तिमा अनियमितता गरेको अभियोगमा अख्तियारले चलाएको मुद्दा विचाराधीन रहेकै अवस्थामा चेतन अग्रवाल पुनः त्यस्तै कामका लागि प्रतिष्ठान छिरेका हुन्।

    images
    images
    images

    तत्कालीन उपकुलपति डा. बलभद्र दाससँग मिलेर लेखिएको मूल्यभन्दा महँगोमा सामान उपलब्ध गराएको मुद्दामा उनी अदालत धाइरहेकै छन्। उक्त मुद्दामा उनी १० लाख रुपैयाँ धरौटीमा छुटेका थिए। कोभिड अस्पताललाई आवश्यक सामग्री खरिद गर्दा कोभिड मूल्यांकन समितिको सिफारिस लिनुपर्ने प्रावधान छ। तर, निर्देशक गौरीशंकर साहको मात्र सिफारिसमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सोझै उक्त ठेक्का दिएका थिए।

    images

    उपकुलपति डा. गिरीले कानुनविपरीत खरिदमा दबाब दिएपछि कोभिड अस्पताल प्रमुख डा. कृष्ण पोखरेलले त्यही क्रममा राजीनामा दिएकी थिइन्। कानुन मिचेर विभिन्न उपकरण र औषधि खरिद गर्न नमानेपछि खरिद शाखाका प्रमुख विष्णु चापागाईंलाई पनि अन्यत्र सरुवा गरिएको थियो। ‘जुन नेतृत्व आए पनि प्रतिष्ठान कमाउ अड्डा नै भइरहेको छ’, प्रतिष्ठान कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापा भन्छन्, ‘उपकुलपति गिरीका पालामा पनि अनियमितता रोकिएन। बरु बढ्यो।’

    कालोसूचीमा राख्नुपर्ने व्यक्ति खोजी–खोजी ठेक्का दिने गरिएको छ। चेतन मात्र यसको उदाहरण होइनन्, अक्सिजन प्लान्ट बनाउने ठेक्का पाएका विज्ञान अर्यालले सम्झौताअनुसार काम गरेनन्। उनको काम अस्वीकृत त भयो तर प्रतिष्ठानले भुक्तानी प्रक्रिया अघि बढाएको उच्च स्रोतले जानकारी दियो। ‘उनलाई कालोसूचीमा राख्ने छलफल हुँदै थियो’, लेखासम्बद्ध एक अधिकारीले भने, ‘अचानक भुक्तानी दिने आदेश पो आयो।’

    देशकै प्रतिष्ठित स्वास्थ्य संस्था बीपी प्रतिष्ठान आर्थिक अनियमितता गर्ने अखडा बनेको छ। दक्ष जनशक्ति उत्पादन, चिकित्सा अनुसन्धान र विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले खोलिएको प्रतिष्ठान लुटेर खाने थलो बनेपछि धरानवासी चिन्तित भएका छन्। आजको अन्नपूर्ण पोष्टमा रत्नप्रसाद आचार्यले समाचार लेखेका छन् ।

    images
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij