Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

एकलौटीरुपमा नगरसभा गरेको नगरपालिका उपप्रमुखको आरोप

एकलौटीरुपमा नगरसभा गरेको नगरपालिका उपप्रमुखको आरोप

  • रौतहट । राजदेवी नगरपालिकाका उपप्रमुख अंशुु सिंहले नगर प्रमुख धीरेन्द्र सिंहले एकलौटीरुपमा नगरसभा गरेको आरोप लगाउनुभएको छ । 

    onlinepatrika
    Arghakhachi

    आफूसँग कुुनै छलफल नै नगरी भ्रष्टाचार गर्ने मनस्थितिले प्रमुख सिंहले एकलौटीरुपमा बन्द कोठाभित्र नगरसभा गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आरोप लगाउनुभएको हो । 

    AGNI GROUP

    राजदेवी नगरपालिकाको पाँचौँ नगरसभा शनिबार नगरपालिकाको कार्यालयभित्र बन्द कोठामा सम्पन्न भएको थियो । खुुला ठाउँमा पारदर्शी ढङ्गले नगरसभा गर्न आफूले पटकपटक आग्रह गर्दा पनि आफनो कुरालाई अटेरी गर्दै प्रमुख सिंहले बन्द कोठाभित्र नगरसभा गरेको उहाँको भनाइ थियो । 

    एकलौटीरुपमा कार्यपालिका सदस्यलाई बोलाएर प्रमुख सिंहले बैठक गरेको र आफूखुुशी नीति तथा कार्यक्रममाथि छलफल गरी घरघरमा पुुगेर हस्ताक्षर गराएकोे बताउँदै उहाँले गत आर्थिक वर्षको बजेट तथा कार्यक्रममाथि कुुनै छलफल नभएको र आफूसँग कुुनै छलफल नगरी नगरप्रमुखले एकलौटीरुपमा आफ्नो खुुशी योजना ल्याएर नगरसभाबाट जबर्जस्ती पास गराएको आरोप लगाउनुभयो । 

    नगरसभामा गएर आफुूले आफ्ना कुुरा राख्न चाहेको भए पनि प्रमुखले आफूलाई प्रवेशसमेत गर्न नदिएको दुखेसो व्यक्त गर्दै उहाँले स्थानीय सरकार सञ्चालन गर्न बनेको ऐन, नीति तथा कानूनविपरीत आफूलाई बाइपास गरी नगरसभा गरेकोमा आपत्ति जनाउनुभयो ।

    नगरप्रमुख सिंहले नीति तथा कार्यक्रमबारे छलफल गर्न कार्यपालिका बैठकमा उपप्रमुखलाई बोलाउँदा नआएको बताउनुुभयो । आफूले सबै कार्यपालिका सदस्यको सहमतिमा नै नीति तथा योजना ल्याई नगरसभा गरेको उहाँको भनाइ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij