Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

कोटेश्वरमा ट्याङ्करको ठक्करबाट युवकको मृत्यु

कोटेश्वरमा ट्याङ्करको ठक्करबाट युवकको मृत्यु

  • काठमाडौं । काठमाडौंको कोटेश्वर क्षेत्रमा ट्याङ्करको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ स्थित सडकमा बा. प्र.०१– ००४ ख ३२८७ नम्बरको ट्याङ्करले बा.प्र.०२ –०३३ प २५४८ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिएको थियो ।

    images

    सो र्दुघटनामा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलान्चोक घर भएका २५ वर्षीय नवराज तुम्सिङ मगरको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा थप उपचारको क्रममा निधन भएको थियो ।

    साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
    ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया सुरु गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij