
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संरक्षक रेशम लाल चौधरीका बुबा लालवीरलाई अध्यक्ष चयन गरेको छ।
बिहीबार रञ्जिता श्रेष्ठ विरोधी पक्षको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष बनाएको हो । हिजो बुधबार पार्टीले रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाएको थियो ।
अध्यक्ष चयनपछि रेशम लाल चौधरीले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गरेको बताए ।
उनले भने, ‘विधिसंवद रुपमा नयाँ नेतृत्व चयन गर्नुपर्छ । केन्द्रीय सदस्यहरुले भनेपछि हामीले पत्रचार गरेका थियौ । २४ घण्टाको समय दिएका थियौं ।
उहाँले हामीलाई कुनै पनि जानकारी नगराईकन समय कटाउनु भयो, बहुमतले पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गर्यौं ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij