Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

नयाँ आन्दोलन र विद्रोह तिर अगाडी बढिरहेका छौं: प्रचण्ड

नयाँ आन्दोलन र विद्रोह तिर अगाडी बढिरहेका छौं: प्रचण्ड

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ आन्दोलन र विद्रोहले जन्म लिने बताएका छन् ।

    images
    images
    images

    आइतबार पेरिसडाँडामा सम्पन्न दोलखाको बोत्लेमा तत्कालीन सुरक्षाकर्मी द्वारा कायरता पूर्वक हत्या गरिएका १५ जना माओवादी योद्धाहरूको स्मृतिमा आयोजित सभामा बोल्दै प्रचण्डले आफुहरु अहिले नयाँ आन्दोलन र विद्रोह तिर अगाडी बढिरहेको बताएका हुन् ।

    images

    प्रचण्डले अहिले पार्टीलाई विभाजित गर्ने षड्यन्त्र र लगानी गरिरहेको बताउदै सबै माओवादी धाराहरुलाई एकात गरेर त्यस्लाई चिर्नुपर्ने बताएका छन् । अहिले माओवादी धारलाई एक हुन नदिन ब्याटल जारी रहेको भन्दै यो कसले जित्छ भन्ने अहिले भन्न नसकिने बताए ।

    प्रचण्डले आफुहरुले अहिले क्रान्तिकारी र बामपन्थीहरु लाई एक गरेर प्रतिक्रियावादीहरु सँग लड्न बल गरिरहेको बताए ।

    उनले एक पटक फेरी क्रान्ति गरेर प्रतिक्रियावादीहरु लाई परास्त गर्न आफु लागिरहेको समेत बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij