
Aug 05 2025 | २०८२, साउन २० गते
काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा बढ्दै गएको छ ।
तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण पानीको बहाव विस्तारै बढिरहेको कोशी ब्यारेजले जानकारी दिएको छ ।
मंगलबार बिहान १० बजेको अपडेट अनुसार अहिले कोशी ब्यारेजमा एक लाख ७३ हजार ४० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ ।
यस अघि आज बिहान ९ बजे एक लाख ६४ हजार ४९० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको थियो ।यसअघि सोमबार रति कोशी ब्यारेजमा एक लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्ड सम्म पुगेर घटेको थियो ।
तर मंगलबार फेरी बढेको नदीमा पानीको बहाव बढेको छ । सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij