
Aug 05 2025 | २०८२, साउन २० गते
काठमाडौँ । बुटवल-पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सोमबार बेलुकीदेखि अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले सडक अझै अवरुद्ध रहेको जानकारी दिदै खुलाउने प्रयास भइरहेको बताएको छ ।
सिद्धबाबा क्षेत्रमा वर्षा नारोकिएपछि पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन पाल्पाले जनाएको छ ।
सडक अवरुद्ध हुँदा पाल्पाबाहेक गुल्मी, स्याङ्जा हुदै पोखरा जाने सवारी साधन समेत रोकिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij