Logo

Aug 05 2025 | २०८२, साउन २० गते

Aug 05 2025 | २०८२, साउन २० गते

पाँचदिनदेखि हराएका दाजु–बहिनी खोलामा शव फेला

पाँचदिनदेखि हराएका दाजु–बहिनी खोलामा शव फेला

  • काठमाडौं । पाँचथर जिल्लाको याङवरक गाउँपालिका१ च्याङथापुबाट पाँच दिनअघि हराएका नौं वर्षीय शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानुमा राईको शव मंगलबार बिहान विरुवा खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    शुक्रबार बिहान हजुरबुबाहजुरआमा बस्ने घरतर्फ हिँडेका दाजुबहिनी त्यसैदिनदेखि सम्पर्कविहीन रहेका थिए ।

    images

    जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीले नेपाल न्यूज बैंकलाई दिएको जानकारी अनुसार अहिलेसम्मको अनुसन्धानमा खोलाले बगाएको प्रकृति देखिएको छ । यद्यपी थप अनुसन्धान भइरहेको उनले बताए ।

    बालबालिका हराएको खबर पाएपछि प्रहरी चौकी च्याङथापु, जिल्ला प्रहरी कार्यालय पाँचथर र स्थानीयवासी लगातार खोजीमा जुटेका थिए ।

    चार दिनको खोजीपछि मंगलबार बिहान खोलाको किनारमा उनीहरूको शव भेटिएको हो । शव फेला परेपछि यतिवेला गाउँ नै शोकमा डुबेको छ । शिशिर र नानुमा गाउँकै पूर्ण आधारभूत विद्यालयका विद्यार्थी थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij