Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै रास्वपा सांसद मनिष झाले संघीय निजामती सेवा विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडसम्बन्धी छलछामको नैतिक तथा राजनीतिक जिम्मेवारी खतिवडाले लिनुपर्ने भन्दै राजीनामा माग गरेका हुन् ।

    AGNI GROUP

    ‘कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ,‘सांसद झाले भने, ‘छापाखानामा समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो, अब उहाँलाई नैतिक प्रश्न। यो नालायकीपनको जवाफ कसले दिने ? मेरो नाम छैन भन्दैमा उम्किन पाइँदैन ।’

    उनले भाषा आयोगमा मन्त्रिपरिषद्बाट नियुक्त भएका व्यक्ति नभई अन्य व्यक्तिलाई नियुक्त गरेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij