
Aug 10 2025 | २०८२, साउन २५ गते
काठमाडौं । सिटिजन्स बैंकको नाफामा सामान्य कमी आएको छ ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशत घटेको हो । अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा खुद नाफा १ अर्ब ३२ करोड रहेकोमा गत आर्थिक वर्ष १ अर्ब २९ करोड छ ।
बैंकको नाफा घट्नुको कारण कर्जा नोक्सानी व्यवस्थापन रकम (लोन लस प्रोभिजन) बढ्नु हो । यस्तो रकम अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७२ करोड रहेकोमा गत आर्थिक वर्ष २ अर्ब ६७ करोड छ । बैंकको खुद ब्याज आम्दानी बढेको छ ।
अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ अर्ब ७२ करोड रहेकोमा गत आर्थिक वर्षमा ६ अर्ब ३६ करोड रुपैयाँ छ । नाफा घट्दा प्रतिसेयर आम्दानी सामान्य घटेको छ ।
वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा छ । असार मसान्तसम्म वितरणयोग्य नाफा ७७ करोड ५४ लाख रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ५ रुपैयाँ २५ पैसा हो । गत साता बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता २२४ रुपैयाँ ८० पैसा छ ।
कुल कर्जामा निष्क्रिय कर्जा पनि बढेको छ । यस्तो कर्जा गत असार मसान्तसम्म ४.९४ प्रतिशत छ, पहिले ४.१० प्रतिशत थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij