Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

भाडा घटाइयो

मनाङमा सार्वजनिक यातायातको भाडा आधा घटाइयो

मनाङमा सार्वजनिक यातायातको भाडा आधा घटाइयो

  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मनाङको अग्रसरतामा सदरमुकाम चामेदेखि माथिल्लो मनाङको खाङसार सम्मको सार्वजनिक यातायातको भाडा ७५० रुपैयाँ कायम भएको गरिएको छ ।

    images
    images
    images

    यस अघि ३५ किलोमिटरको यस रुटमा १५ सय भाडा लिइदै आएको थियो । मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको अध्यक्षतामा शुक्रबार बसेको अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकले भाडादर निर्धारण गरेको हो ।

    images

    बैठकले निधारण गरेको नयॉ भाडादर १ भदौदेखि लागू हुने बताइएको छ । सदरमुकाम चामेबाट खाङसार हुँदै ठुलो संख्यामा आन्तरिक तथा विदेशी पर्यटकहरू तिलिचो ताल तथा थोरङला पास गर्न जाने गर्दछ ।

    स्थानीय तहदेखि यातायात समितिका प्रनिनिधि तथा सुरक्षा निकाय लगायत सरोकारवाला सहितको बैठकले नयाँ भाडादर तय गरेको हो ।

    पर्यटकीय सिजनलाई नै लक्षित गरी भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । बैठकपछि यातायात व्यवसायी पनि भाडा घटाउन तयार भएका छन् ।

    images


    Single Image

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij