Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

होस्टल व्यवसायी संघद्धारा वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम

होस्टल व्यवसायी संघद्धारा वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम

  • काठमाडौं । होस्टल व्यवसायी संघ नेपालले तेस्रो वार्षिकोत्सबको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । बानेश्वरस्थित संघले एभरेष्ट हस्पिटल प्रालिको सहयोगमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेको हो ।

    images
    images
    images

    निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा एभरेष्ट हस्पिटलले १ सय जनाको निःशुल्क भिडियो एक्सरे गरेको थियो । हस्पिटलले निशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेको थियो । साथै कार्यक्रममा ५० पिन्ट रगत संकलन गरिएको थियो ।

    images

    कार्यक्रममा संस्थाको संरक्षक, संस्थापक, पूर्व अध्यक्ष, निवर्तमान पदाधिकारीहरु, केन्द्रिय कार्य समिति, जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमिति लगायत तमाम व्यवसायी ज्यूहरुको सहभागिता रहेको संस्थाका केन्द्रिय अध्यक्ष सुनील भेटवालले जानकारी दिनुभयो ।

    एभरेष्ट अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु भएकोमा धन्यवाद दिनुको साथै अगामी दिनमा पनि यस्तै साथ र सहयोगले अगाडि बढ्नुपर्ने संघका उपाध्यक्ष किरण शर्माले जानकारी दिनुभयो ।

    hostel

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij