
Aug 11 2025 | २०८२, साउन २६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही–३ को निर्वाचनमा आकांक्षी उम्मेदवारहरूको प्रारम्भिक नामावली आज साँझ सार्वजनिक गर्न लागेको छ । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएका छन् ।
केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार आकांक्षीबिच साझा नाम छनोटका लागि छलफल भएको थियो । पार्टीको तर्फबाट मोडरेसन (मध्यस्थता) सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले गरेका थिए ।
आफ्नो नाम फिर्ता लिन चाहने व्यक्तिले दिउँसो ४ बजेसम्म लिखित रूपमा दिन आग्रह गरिएकाले प्राप्त दस्ताबेजका आधारमा नामावली सार्वजनिक गरिने आचार्यले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij