Logo

Aug 13 2025 | २०८२, साउन २८ गते

Aug 13 2025 | २०८२, साउन २८ गते

मौसम

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

  • काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने जानकारी दिएको छ ।

    images
    images
    images

    हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशको थोरै स्थानहरुमा तथा वाँकी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा भईरहेको छ।

    images

    कोशी प्रदेशको एक -दुई स्थानमा भारी वर्षा भैरहेको छ । आज दिउँसो देशभर पुर्णतया बदली रहनेछ भने देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ भने कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाले आगामी २४ घण्टा मनसुन सक्रिय रहिरहेकोले मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

    images

    त्यस्तै महाशाखाले यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन र देशभर मनसुनको प्रभाव रहिरहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij