
Aug 14 2025 | २०८२, साउन २९ गते
काठमाडौँ । आज नेप्सेमा परिसूचकमा सामान्य वृद्धि भएको छ ।
नेप्से विहिबार २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज नेपाल रिपब्लिक मिडियाको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने पन्च कन्या माई हाइड्रोको शेयर ५.५६ प्रतिशतले बढेको छ ।
त्यस्तै एनआइसीएफसीको ८.३१ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ४७ करोड १७ लाख र एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४१ करोड ७७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij