Logo

Aug 14 2025 | २०८२, साउन २९ गते

Aug 14 2025 | २०८२, साउन २९ गते

भारतको जम्मू कश्मीरमा बादल फुट्यो, ठुलो नोक्सानीको आशंका

भारतको जम्मू कश्मीरमा बादल फुट्यो, ठुलो नोक्सानीको आशंका

  • काठमाडौँ । भारतको जम्मू कश्मीरको किश्तवार जिल्लाको चिशोती गाउँमा बादल फुटेको घटना सार्वजनिक भएको छ ।

    images
    images
    images

    जसमा ठुलो जनधनको क्षति भएको आशंका गरिएको छ । घटना मचैल माता यात्राको मार्गमा रहेको पडार उपविभागमा भएको हो ।

    images

    अहिले उद्धार कार्य जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बादल फुटेको घटनापछि चिशोती गाउँमा अचानक बाढी आएको थियो, जसले धेरै घरहरूमा क्षति पुर्‍याएको बताइएको छ ।

    जिल्ला प्रशासन र एनडीआरएफ टोलीहरू उद्धार कार्यमा जुटेको र बाढीले काठको पुल र पीएमजीएसवाई पुल दुवै क्षति ग्रस्त भएको बताइएको छ ।

    स्थानीय प्रशासनले उद्धार टोलीहरू घटना स्थलतर्फ प्रस्थान गरेको र आवश्यक उद्धार र चिकित्सा व्यवस्थापनको व्यवस्था गरिएको बताएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij