Logo

Aug 13 2025 | २०८२, साउन २८ गते

Aug 13 2025 | २०८२, साउन २८ गते

वैदेशिक रोजगारमा रहेकालाई सागर डिस्टिलरीको आईपीओ खुल्यो

वैदेशिक रोजगारमा रहेकालाई सागर डिस्टिलरीको आईपीओ खुल्यो

  • काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई मदिरा उत्पादन कम्पनी सागर डिस्टिलरीको आईपीओ खुलेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरेको हो ।

    images
    images
    images

    जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन हुन लागेको हो । १४ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन हुने छ । जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २ सय कित्ता सेयर खुलेको हो ।

    images
    अनलाइन प्रणाली मेरोसेयरमार्फत उनीहरूले छिटोमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा भदौ ११ गतेसम्म आवेदन खुल्नेछ ।

    वैदेशिक रोजगारमा रहेकालाई यो सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि खुल्नेछ । क्रेडिट कम्पनी इन्फोमेरिक्स रेटिङबाट कम्पनीले बी प्लस रेटिङ पाएको छ । रेटिङमा एएए देखि डी सम्मको संकेत प्रदान गरिन्छ । जसमा एएएले सबैभन्दा राम्रो र डीले सबैभन्दा कमजोर स्थिति देखाउँछ ।

    कम्पनीको वित्तीय स्थिति भने कमजोर छ । गत आर्थिक वर्षसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी जम्मा ५९ पैसा छ । प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ छ ।

    उत्पादन तथा प्रशोधन समूहको यस कम्पनीले नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फ लगायत ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij