Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । देशका मुख्य नदीहरूमा पानीको बहाव सामान्य रहे पनि विभिन्न २४ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीसहित तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै छ।
आज ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यसैगरी बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाका साना नदीहरूमा पनि आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ।
भोलि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा बहाव एक्कासि बढ्न सक्ने अनुमान गरिएको छ। त्यसैगरी पर्सि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीहरूमा पनि आकस्मिक बाढीको सम्भावना रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij