Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

नेप्सेमा १४.१७ अंकको वृद्धि, कारोबार रकम घट्यो

नेप्सेमा १४.१७ अंकको वृद्धि, कारोबार रकम घट्यो

  • काठमाडौं । सेयर बजारमा उचारचढाव कायमै रहेको छ। साताको चौथो सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा कायम भएको छ।

    onlinepatrika
    Arghakhachi

    साताको दुई कारोबार दिन सोमबार र मंगलबार नेप्से परिसूचक सकारात्मक देखिएको थियो। तेस्रो कारोबार दिन बुधबार परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा अडिएको थियो।

    AGNI GROUP

    मंगलबार नेप्से परिसूचक ७.२५ प्रतिशतले वृद्धि भइ २७२६.४९ विन्दुमा पुगेको थियो। त्यसअघि सोमबार परिसूचक ४१.७० अंकले वृद्धि भएको थियो। सोमबार ५ अर्ब ५१ करोड मूल्य बराबरको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोडको कारोबार भएको थियो।

    नेप्से बढेपनि कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। यसदिन ३३८ वटा स्क्रिप्सको १ करोड ७७ हजार २२२ कित्ता सेयर ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० रुपैयाँमा खरिदबिक्री भए। बुधबार ५ अर्ब १८ करोड मूल्य बराबरको कारोबार भएको थियो।

    कारोबारमा आएकामध्ये १५३ वटा स्टक्सको मूल्य बढ्दा १११ वटाको घट्यो। बाँकी १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। एभरेष्ट कलर लिमिडेटको सेयर १४.९९ प्रतिशतले बढ्दा स्नो रिभर्सको १३.७१ र अपोलो हाइड्रोपावरको सेयर ११.०४ प्रतिशतले बढ्यो।

    कुथेली भुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो हाइड्रोपावरले सेयर १५ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्स मिल्ल शीर्षस्थानमा रह्यो। सो कम्पनीले २८ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। आँखु खोला जलविद्युतले २७ करोडको सेयर कारोबार गर्दा रिडी पावरको २४ करोड,सोलु हाइड्रोपावरको १७ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १६ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

    इन्भेष्टमेन्ट र अदर्श समूहको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक सकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक २.५८ प्रतिशतले बढ्यो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij