
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौँ । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा स्थानान्तरण भएका छन् ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछाने ब्लक नम्बर ४ मा थुनिएका थिए ।
कारागार सरुवाको माग गर्दै उनले दोस्रो पटक बुधबार नख्खु कारागार स्थानान्तरण गर्न निवेदन दिएका थिए । लामिछानेलाई शनिबार हवाइमार्ग हुदै काठमाडौँ ल्याएर नख्खु कारागार पुर्याइएको हो ।
लामिछानेलाई ल्याउने समयमा नख्खु कारागार अगाडी ठुलो संख्यामा रास्पवाका कार्यकर्ता उपस्थित थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij