
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं । तुइनखोला नजिक मुग्लिन-नारायणगढ सडक खण्डमा आज बिहान पहिरो खस्दा करिब ४ घण्टा आवागमन अवरुद्ध भएको छ ।
बिहान ४:०० बजेतिर माथिबाट ढुंगासहितको ठूलो पहिरो खस्दा दुवै तर्फको सवारी सञ्चालन रोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो स्थानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । बाटो खुलाउन डिभिजनले दुईवटा ‘जेसिभी’ परिचालन गरी पहिरो पन्छाउने काम गरेको थियो ।
लगातारको प्रयासपछि बिहान ८:१० बजेदेखि दुबै तर्फको सवारी साधन सञ्चालनमा आएको सडक डिभिजनले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij