Logo

Aug 19 2025 | २०८२, भदौ ३ गते

Aug 19 2025 | २०८२, भदौ ३ गते

'नाडा अटो शो २०२५ '

१७ औं संस्करणको नाडा अटो शो आज देखि सुरु

१७ औं संस्करणको नाडा अटो शो आज देखि सुरु

  • काठमाडौं । १७ औं संस्करणको नाडा अटो शो २०२५ आज देखि काठमाडौंमा सुरू हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गर्नेछन् ।

    images
    images
    images

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित शोमा चिनियाँ कम्पनी चांगन र इह्याङको सहकार्यमा निर्माण गरिएको उड्ने कार र युनिट्रीको अटोनोमस रोबोट मुख्य आकर्षण रहेका छन् ।

    images

    प्रदर्शनीमा टेस्ला, टाटा, सुजुकी, बीवाईडी, हार्ले डेविड्सन लगायत १०० भन्दा बढी ब्रान्डका सवारीसाधन, पाट्र्स, उपकरण र वित्तीय सेवाहरू समावेश छन् । दैनिक १०ः३० देखि ७ बजेसम्म सञ्चालन हुने यो शो अवलोकन गर्न एक लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ ।

    केही हप्ताअघि सम्पन्न नाइमा मोबिलिटी एक्स्पोपछि आयोजना भएको यस शोले नेपालमा तीव्र रूपमा परिवर्तन भइरहेको अटोमोबाइल प्रविधिलाई प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij