
Aug 19 2025 | २०८२, भदौ ३ गते
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बोर्ड र टिकटकबीच भएको साझेदारी अन्तर्राष्ट्रिय प्रवद्र्धनमा मात्र सीमित नरहेको बताएका छन् ।
मंगलबार नेपाल पर्यटन बोर्ड र टिकटकले संयुक्त साझेदारीको घोषणा गर्दै उनले यसले स्थानीय समुदाय र सिर्जनाकर्ताहरू लाई सशक्त बनाउनमा पनि ध्यान केन्द्रित गर्ने बताए ।
पर्यटन नेपालको लागि उद्योग मात्र नभइ यो हाम्रो सामाजिक–आर्थिक विकासको मेरुदण्ड पनि भएको मन्त्री पाण्डेले बताए ।
उनले भने, ‘यस साझेदारी अन्तर्गत योजना गरिएका कार्यशाला र क्षमता अभिवृद्धि कार्यक्रमहरूले नेपाली युवा, उद्यमी र कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो सम्पदा, संस्कृति र उद्यमहरू प्रदर्शन गर्ने सीप प्रदान गर्नेछन् । यसले रोजगारी सिर्जना गर्दछ, साना र मझौला व्यवसायहरूलाई समर्थन गर्दछ । ग्रामीण समुदायहरूलाई सशक्त बनाउँछ र सांस्कृतिक परम्पराहरूको रक्षा गर्दछ । यो साझेदारीले हामीलाई यी फाइदाहरू अझ व्यापक र समावेशी रूपमा बाँडिएको सुनिश्चित गर्ने अवसर दिन्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij