
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले सभापति रवि लामिछानेविरुद्ध गरिएको राजनीतिक प्रतिशोध भएको भन्दै शुरु गरेको हस्ताक्षर संकलन अभियान जारी राखेको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार आजसम्म ३४ लाख हस्ताक्षर संकलन भएको छ भने अभियानको लागि सहयोग रकम ६५ लाख संकलन भएको छ ।
बुधबारदेखि शुरु भएको 'देश यात्रा' सुदूरपश्चिमको कञ्चनपुरबाट सुरू भएको छ भने यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य दीपक बोहराले गरिरहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij