Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

हृदयाघातबाट राउटे समुदायका ज्येष्ठ सदस्यको निधन

हृदयाघातबाट राउटे समुदायका ज्येष्ठ सदस्यको निधन

  • काठमाडौं । भ्रमणशील जीवनयापन गर्दै आएका दक्षिण एसियाको एक मात्र लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य नन्दाराम शाहीको निधन भएको छ । ७५ वर्षीय शाहीको हृदयाघातका कारण निधन भएको हो । 

    images
    images
    images

    उनीलगायत राउते केही समयअघि सुर्खेतको वीरेन्द्रनगर–११ चन्दनपुरबाट बसाई सराई गरेका थिए । लेकबेशी नगरपालिका–१० झुप्राखोला जंगलमा बसोबास गरिरहेका शाहीको बिहीबार बिहान निधन भएको राउटे परियोजनाका जोडी शिक्षकको रूपमा काम गर्दै आएका लालबहादुर खत्रीले टेलिफोनबाट जानकारी दिए । 

    images

    मृतक नन्दाराम शाहीको पत्नीको एक वर्षअघि मात्र मृत्यु भएको थियो । श्रीमती गुमाएका शाही पछिल्लो समय कमजोर बन्दै गएका थिए । मृतक शाहीका ४५ वर्षीय छोरी बहिरा शाही र ज्वाइँ चन्द्रमान शाही छन् । उनको नाति नातिना ७ जना रहेका छन् । 

    फिरन्ते जीवनयापन गर्दै आएका उनीहरू हाल झुप्रा खोला जंगलमा बस्दै आएका छन् । शाहीको निधनपछि राउटे समुदायको संख्या १ सय ३५ मा झरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij