Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

अमेरिकामा राष्ट्रपति परिवर्तनले एमसीसी सम्झौतामा असर गर्दैन: राजदूत बेरी

अमेरिकामा राष्ट्रपति परिवर्तनले एमसीसी सम्झौतामा असर गर्दैन: राजदूत बेरी

  • काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकामा राष्ट्रपति परिवर्तन हुँदा त्यसले नेपाल नीतिमा फरक नपार्ने बताएका छन्। सोमबार आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकाले नेपालसँग गरेका प्रतिबद्धता, ७० वर्षदेखि यहाँको विकासमा गर्दै आएको योगदानलगायतका विषयमा राष्ट्रपति परिवर्तनले असर नपर्ने र नयाँ राष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि यि विषयले निरन्तरता पाउने बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    उनले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अमेरिकाको लागि राजनीतिक एकाइ नभई विकास र लगानीसम्बन्धी एकाइ भएकाले राजनीतिक संक्रमणले यसलाई कुनै असर नपार्ने बताए। ‘अमेरिकामा राष्ट्रपति परिवर्तनले एमसिसीसम्बन्धी सम्झौतामा कुनै परक पार्दैन,’ उनले भने। उनले नेपालमा अमेरिकाको उपस्थिति खासगरी विकास अजेन्डामा रहेको बताए। राजदूत बेरीले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई पार्टीको आन्तरिक विषय भन्दै त्यसमा प्रतिक्रिया जनाउन अस्वीकार गरे। ‘यहाँका राजनीतिक दलहरू सार्वभौम संस्था हुन र नेपाल सार्वभौम मुलुक हो। नेकपाभित्रको घटनाक्रम हाम्रो सरकोकारको विषय होइन। किनभने यो पार्टीको आन्तरिक विषय हो,’ उनले भने। उनले अमेरिकाले नेपालमा प्रजातन्त्रका लागि काम गरिरहेको बताउँदै यहाँ संविधान र कानुनहरू रहेको र अमेरिकाले ती संस्थाहरूलाई सहयोग गर्ने काम गरिरहेको बताए।

    AGNI GROUP

    अहिले नेकपा भित्रको विवाद संवैधानिक प्रक्रियामा गइसकेको बताउँदै उनले सर्वोच्च अदालत र संवैधानिक सिद्धान्तका आधारमा समस्याको समाधान हुने विश्वास व्यक्त गरे। अमेरिकामा पनि निर्वाचनको केही सातासम्म निर्वाचनको परिणामप्रति प्रश्न गरिएको थियो। अदालतहरूमा चुनौती दिइएको र कानुनी प्रश्न उठाइएको र त्यो त्यो प्रक्रियामा गएर टुंगिएको बताउँदै नेपालको अहिलेको अवस्थामा पनि त्यस्तै रहेको उनको टिप्पणी थियो।  राजदूत बेरीले नयाँ राष्ट्रपतिको कार्यकालमा पनि इन्डिोप्यासिफिक रणनीतिसम्बन्धी आधारभूत अवधारणमा परिवर्तन नहुने बताए। नागरिक दैनिकमा वसन्त खड्काले समाचार लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij