
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिको विरोध गर्दै काठमाडौँ स्थित भारतीय दुताबास अगाडी प्रदर्शन गरेको छ ।
विहिबार अनेरास्ववियुले लैनचौर स्थित अस्कल क्याम्पस अगाडि मसाल जुलुस निकालेको थियो भने त्यसअघि भारतीय दूतावासअगाडि प्रदर्शन समेत गरेका थिए ।
नेपालको भूमि लिपुलेकबाट भारत र चीनले दुई पक्षीय व्यापार गर्ने सहमति गरेपनि यस विषयमा दुवै देशले नेपाललाई कुनै जानकारी दिएका छैनन् ।
लिपुलेक नेपालको भएको र नेपालको नक्शामा समावेश गरिएको विषय भारतका साथै चीनलाई स्पष्ट रुपमा जानकारी भएको अवस्थामा नयाँ सहमति गर्नुलाई नेपालमाथि दुवै देशको हेपाहा प्रवृति भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij