Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

आइपिओ खुला

बन्दीपुर केबलकारको सर्वसाधारणको लागि आइपिओ खुला

बन्दीपुर केबलकारको सर्वसाधारणको लागि आइपिओ खुला

  • काठमाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणको लागि आइपिओ खुला गरेको छ ।

    images
    images
    images

    कम्पनीले सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर आजदेखि खुला गरेको हो । आइपिओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ ।

    images

    सेयर निष्कासन भदौ १५ गतेसम्म खुला रहनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २५ गतेसम्म बिक्री खुला हुनेछ ।

    कम्पनीले हालै आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आइपिओ निष्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली, तनहुँ र गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयहरूका लागि सेयर निष्कासन गरिसकेको छ।कम्पनीको सेयर निष्कासन व्यवस्थापक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

    कूल तीन अर्ब ४९ करोड लागत रहेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८३ करोड छ । केयर रेटिङ नेपालले बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडलाई बिबी (आइएस) रेटिङ दिएको छ ।

    images

    कम्पनीले समयमा वित्तीय दायित्वहरू पूरा गर्न सक्ने आधारमा हेरिएको जोखिम सूचकले मध्यम अवस्था रहेको जनाउँछ ।

    २०७६ साउन ४ मा निर्माण शुरु भएको एक किलोमिटर लामो केबलकार बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गादेखि बरालथोक सम्म पुग्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij