
Aug 24 2025 | २०८२, भदौ ८ गते
काठमाडौँ । आज नेप्से परिसूचकमा गिरावट आएको छ ।
नेप्से आइतबार १८.०२ अंकले घटेर २७३९. ९५ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ४० लाख ९ हजार ७०८ कित्ता शेयर ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज विकास हाइड्रोको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने सिवाईसी नेपाल लघुवित्तको शेयर ४.७४ प्रतिशतले बढेको छ ।
त्यस्तै आज नारायणी डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी ७.२९ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको एक अर्ब ७५ करोड ७९ लाख र नेपाल रिइन्सुरेन्सको २४ करोड ४७लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij