Logo

Aug 09 2025 | २०८२, साउन २४ गते

Aug 09 2025 | २०८२, साउन २४ गते

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

  • दूल्लु । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका  एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि  आर्थिक वर्ष २०७६÷७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । 

    images
    images
    images

    गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरलाई मासिक रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई  माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । “भत्ता ६÷६ महिनामा वितरण गरिनेछ”, अध्यक्षले भन्नुभयो । 

    images

    त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताउनुभयो । तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij