
Sep 02 2025 | २०८२, भदौ १७ गते
काठमाडौँ । राष्ट्रियसभाको बैठक निर्धारित समयभन्दा दुई घण्टा पछि बस्ने भएको छ । आज अपराह्न १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली २०७५ अनुसार अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा बैठक दुई घण्टापछि बस्नेगरी निर्धारण गर्नुभएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij