Logo

Sep 02 2025 | २०८२, भदौ १७ गते

Sep 02 2025 | २०८२, भदौ १७ गते

महिला क्रिकेट विश्वकप

महिला क्रिकेट विश्वकप विजेतालाई अहिलेसम्मकै धेरै ६३ करोड पुरस्कार दिने आइसीसीको घोषणा

महिला क्रिकेट विश्वकप विजेतालाई अहिलेसम्मकै धेरै ६३ करोड पुरस्कार दिने आइसीसीको घोषणा

यस पटक विश्वकप विजेता महिला टिमले ४.४८ मिलियन अमेरिकी डलर अर्थात् करिब साढे ६३ करोड पाउनेछ ।

  • काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) आगामी आइसीसी महिला क्रिकेट विश्वकपमा विजेता टोलीलाई अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशि दिने घोषणा गरको छ ।

    images
    images
    images

    यस पटक विश्वकप विजेता महिला टिमले ४.४८ मिलियन अमेरिकी डलर अर्थात् करिब साढे ६३ करोड पाउनेछ, जुन अघिल्लो संस्करणको पुरस्कार राशि १.३२ मिलियन डलर अर्थात् करिब १९ करोड भन्दा लगभग चार गुणा बढी हो ।

    images

    यस प्रतियोगिताको कुल पुरस्कार राशि १३.८८ मिलियन अमेरिकी डलर (लगभग १९६ करोड रहेको छ, जुन २०२२ मा न्युजील्याण्डमा आयोजित पछिल्लो विश्वकप ३.५ मिलियन डलर अर्थात् करिब ५० करोड भन्दा धेरै बढी रहेको छ । यो पुरस्कार राशि पुरुष विश्वकप २०२३ को १० मिलियन डलर भन्दा पनि बढी रहेको छ ।

    २०२३ मा भएको पुरुष एकदिवसीय विश्वकपको विजेता टोली अष्ट्रेलियाले करिब ५३ करोड रुपैयाँ पाएको थियो । त्यसैगरी उपविजेता भारतले करिब २७ करोड रुपैयाँ पाएको थियो । महिला एकदिवसीय विश्वकपको विजेता रकम योभन्दा धेरै बढी हो । आईसीसीले यो वृद्धिको उद्देश्य महिला क्रिकेटको लोकप्रियता बढाउनु र पुरुष सरह समान सम्मान दिनु भएको बताएको छ ।

    विश्वकप विजेता देशले ४.४८ मिलियन डलर अर्थात ६३.२८ करोड पाउने भने भने उपविजेता देशले २.२४ मिलियन डलर अर्थात् ३१.६३ करोड पाउने छ । त्यसैगरी सेमिफाइनलमा हार्ने देशले १.१२ मिलियन डलर अर्थात १५.८२ करोड पाउने छन् । त्यसैगरी समूह चरणको खेल जितेमा हरेक खेलको ३४ हजार ३१४ डलर अर्थात ४८ लाख ४६ हजार पाउने छन् । त्यसैगरी पाँचौं र छैटौं स्थानमा आउने देशले ७ लाख डलर अर्थात् ९ करोड ८४ लाख पाउने छन् ।

    images

    त्यस्तै सातौं र आठौं स्थानमा आउने देशले २.८ लाख डलर अर्थात ३ करोड ३८ लाख पाउने आइसीसीले जनाएको छ । त्यसैगरी सबै सहभागी देशहरुलाई आइसीसीले २.५ लाख डलर करिब ३ करोड ५२ लाख दिने बताएको छ । प्रतियोगिता भारत र श्रीलंकाका पाँच स्थानहरू, गुवाहाटी, इन्दौर, नवी मुम्बई, विशाखापट्टनम र कोलम्बोमा खेलिनेछ । यो विश्वकप एकदिवसीय फर्म्याटमा खेलिदैछ ।

    भारत र श्रीलंकाको आयोजनामा ३० सेप्टेम्बरदेखि २ नोभेम्बरसम्म आयोजना हुने यो १३औं संस्करणको विश्वकपमा कुल आठ देश खेल्दै छन् । यस प्रतियोगितामा भरत र श्रीलंकासहित अस्ट्रेलिया, न्यूजील्याण्ड, पाकिस्तान, बंगलादेश, इङल्याण्ड, दक्षिण अफ्रिका खेल्दैछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij