Logo

Sep 02 2025 | २०८२, भदौ १७ गते

Sep 02 2025 | २०८२, भदौ १७ गते

नेपाल र बङ्गलादेशबीचको खेलको टिकट एन्फाले नै उठाउने

नेपाल र बङ्गलादेशबीचको खेलको टिकट एन्फाले नै उठाउने

  • काठमाडौं । दशरथ रंगशालामा भदौ २१ र २४ गते हुने नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले उठाउने भएको छ । एन्फा प्रवक्ता सुरेश शाहले दुवै खेलहरूको टिकटिङ अधिकार एन्फाकै स्वामित्वमा रहने जानकारी दिए ।

    images
    images
    images
    उक्त खेलको लागि भिआइपीतर्फ एक हजार र साधरणतर्फ ५ सय टिकटदर निर्धारण गरिएको छ । बङ्गलादेशको राष्ट्रिय टोली बुधबार नेपाल आइपुग्नेछन् । टोलीलाई अभ्यासका लागि भद्रकाली स्थित नेपाली सेनाको खेल मैदान र च्यासलस्थित च्यासल रङ्गशालाको मैदानमा व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

    खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सबाट हुनेछ । खेलहरूका लागि तीव्र रूपमा तयारी अगाडि बढाएको एन्फाले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij