Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

८ हजार घुससहित इञ्जिनियर पक्राउ

८ हजार घुससहित इञ्जिनियर पक्राउ

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको नेपाल विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्र बरहथवाका इलेक्ट्रिसियन मनोजकुमार पाण्डेले ८ हजार घुस लिएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै आरोपपत्र दायर गरेको जनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    ‘सर्लाहीको बरहथवा नगरपालिका–६ स्थित नेपाल विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन (तह–३) मनोजकुमार पाण्डेले विद्युत् मिटरको क्षमता वृद्धि गर्नको लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज मनोजकुमार पाण्डेलाई सेवाग्राहीबाट ८,०००।– (आठ हजार) अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो,’ विज्ञप्तिमा उल्लेख छ, ‘अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्र बरहथवा सर्लाहीका इलेक्ट्रिसियन मनोजकुमार पाण्डेले सेवाग्राहीसँग विद्युत् मिटरको क्षमता वृद्धि गर्ने प्रयोजनको लागि ८,०००।– घुसररिसवत लिएको पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिँदा निज मनोजकुमार पाण्डेलाई बिगो ८,०००।– (आठ हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट