
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा.सुन्दुक रुइतले आन्दोलनकारी जेन जीलाई संयमित हुन अपिल गरेका छन् । उनले जेन जीको आन्दोलनका कारण असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै उनले सार्वजनिक सम्पत्तिमाथि आगजनी नगर्न आग्रह गरेका छन् ।
उनले लेखका छन् छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरु, तपाईंहरुले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij