Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

वैदेशिक रोजगार विभागबाट अनुगमनलाई तिब्रता

वैदेशिक रोजगार विभागबाट अनुगमनलाई तिब्रता

  • काठमाडौँ  । वैदेशिक रोजगारीको नाममा म्यानपावर व्यवसायीले गरिरहेको ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागबाट भइरहेको अनुगमनलाई तिब्रता दिनुपर्ने माग गर्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषा जिल्ला स्तरीय समितिले प्रमुख जिल्ला अधिकारीमार्फत विभाग, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र श्रम मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।  

    onlinepatrika
    Arghakhachi

    वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका मृतकका परिवारलाई प्रदान गरिने बीमाबापतको रकम भुक्तानी दिने क्रममा पनि इच्छा बिपरित सबै प्रिमियम एकै पटकमा अशुल गरी पाँच लाखसम्मको बीमा गराइरहेको भन्दै समितिले बीमाको नाममा ठगी गर्ने काम गर्नेलाई तत्काल कारबाही गर्न पनि माग गरेको छ ।

    AGNI GROUP

    आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषा जिल्ला स्तरीय समितिले जिल्लामा वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अधिकतम लाभदायी बनाउन थप प्रयास गर्नुपर्ने आवश्यकता पनि औंल्याउँदै सरकार समक्ष ज्ञापनपत्र बुझाएको जनाएको छ । धनुषा जिल्ला वैदेशिक रोजगारीमा जानेको सङ्ख्याका आधारमा पहिलो नम्बरमा पर्छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij