Jun 18 2026 | २०८३, असार ४ गते
ललितपुर । नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले तोकेको मापदण्डअनुसार हामीले जेलका कैदीबन्दी, कर्माचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मी सबैलाई आज पाँचबुथ राखेर दुई दिनभित्र खोप लगाइदिनेछाँै, यो खोप छदेखि सात सयलाई आज र बाँकीलाई भोलि गरी लगभग एक हजार ७०० लाई दिनेछाँै ।” कारागारभित्र रहेका व्यक्तिले जसले कोभिडको खोप लगाउन इच्छा जाहेर गर्नेलाई मात्र लगाइने डा गोललले जानकारी गराउनुभयो ।
प्रजिअ ढुण्डीप्रसाद निरौलाले करागारका मानिसको स्वास्थ्य अवस्था बुझेर मात्र खोप लगाउन अनुरोध गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खोपका लागि ललितपुर खटिनुभएका डा प्रकाश बुढाथोकीले खोप लगाएपछि देखिने असरबाट नडराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “खोप लगाएको आठदेखि १२ घण्टामा देखिने असरलाई सकारात्मक मान्नुपर्छ, जो व्यक्तिमा खोपको असर देखिन्छ, उहाँहरुलाई खोपले काम गरेको बुझिन्छ ।” कोभिड खोप लगाउँदा देखिएको असर कम गर्न प्यारासिटामोल प्रयोग गर्न सकिने डा बुढाथोकीले सुझाव दिनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij