Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौँ । सरकारले प्रचण्ड–नेपाल पक्षको बन्दमा सबै सेवा निर्धक्क भएर सञ्चालन गर्न आग्रह गरेको छ । गृह मन्त्रालयले दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट सुरक्षा व्यवस्था मिलाइएको भन्दै यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीलाई निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको हो ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधवार जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अबाञ्छित गतिविधि गरिएको पाइए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij