Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

हामीले ट्याक्सी जलाएका होइनौं, आन्दोलनमा घुसपैठ भयो : प्रचण्ड–माधव समूह

हामीले ट्याक्सी जलाएका होइनौं, आन्दोलनमा घुसपैठ भयो : प्रचण्ड–माधव समूह

  • काठमाडौं । आज बिहान गोंगबुमा ट्याक्सीमा भएको आगजनी आफूहरुले नगरेको दाहाल-नेपाल समूहले स्पष्ट पारेको छ । सो समूहका राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले फेसबुकमार्फत् आफूहरुले आगजनी र तोडफोड नगरेको दाबी गरेका हुन् ।आफूहरुको आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको स्पष्ट पार्दै संयोजक दीपशिखाले आन्दोलनलाई अराजक देखाउन सरकारले घुसपैठ गरेको आरोप लगाए ।

    onlinepatrika
    Arghakhachi

    ‘यो आयोजकका तर्फबाट गरिएको होइन । आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको छैन,’उनले लेखेका छन् ‘आन्दोलनलाई अराजक देखाउने सरकारी घुसपैठको चरम नमुना ।’

    AGNI GROUP

    आज बिहानै अज्ञात समूहले गोंगबुमा रोकिराखेको एक ट्याक्सीमा आगजनी गरेको थियो । दाहाल-नेपाल समूहले आगजनी गरेको भन्दै सामाजिक सञ्जालमा कडा आलोचना भएपछि दीपशिखाले स्पष्टिकरण दिएका हुन् ।

    dd_nyeWLP9bek.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij