Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौ । मोरङ उर्लाबारी नगरपालिकाबाट प्रहरीले एसएलआरमा प्रयोग हुने १ सय ८५ राउण्ड गोली बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी–१ लक्ष्मीझारस्थित दलबहादुर लिम्बुको घर क्षेत्रबाट गोली बरामद भएको हो। स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले भत्किएको घरको जमिन खन्ने क्रममा गोली भेटिएको प्रवक्ता राईले जानकारी दिए। फेला परेको गोली ईलाका प्रहरी कार्यालय उर्लाबारीमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।प्रहरी प्रवक्ता राईका अनुसार कालो रंगको प्लाष्टिकभित्र पोका पारी जमिनमुनि गाडिएको अवस्थामा एसएलआरमा प्रयोग हुने ७ दशमलव ६२ एमएमको १ सय ८५ राउण्ड गोली फेला परेको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij