Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

नेकपाको प्रचण्ड-माधव पक्षको आमहड्ताल : ११२ जना पक्राउ, ठाउँठाउँमा तोडफोड

नेकपाको प्रचण्ड-माधव पक्षको आमहड्ताल : ११२ जना पक्राउ, ठाउँठाउँमा तोडफोड

  • काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पक्षले बिहीबार घोषणा गरेको आमहड्तालमा देशभरबाट बिहान साढे १० बजेसम्म ११२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    आमहड्तालको नाममा तोडफोडमा उत्रिएका ११२ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी वसन्त कुवँरले नेपाल लाइभलाई जानकारी दिए। उनका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट मात्रै ७६ जनालाई नियन्त्रणमा लिइएको छ । कलंकीबाट प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीसहित दर्जनभन्दा बढी कार्यकर्तालाई महानगरीय प्रहरी शिक्षालय महाराजञ्जमा राखिएको छ।

    AGNI GROUP


    काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाहरुमा भने बन्दको प्रभाव बढी रहेको छ। मुख्य नाका छिर्ने ठाउँमा ठूलो संख्यामा प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताको उपस्थित रहेको छ। उनीहरूले उपत्यका भित्रने सवारी साधनहरूलाई कडाइ गरेका छन्। उपत्यका बाहिर पनि आमहड्तालको प्रभाव परेको छ। छिटपुट बाहेक गाडीहरू नचलेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij